ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन अरूको स्थान नलिइ आफ्नो विकास चाहन्छ : राष्ट्रपति सी


एबीसी / संवाददाता
असार २२, २०७८ मंगलबार  ३ : ३१ बजे

काठमाडौं, २२ असार ।   चीनका राष्ट्रपति सी जिनपिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान लिन तर आफ्नो विकासमा दृढ रहेको बताउनुभएको छ ।

सम्मेलनमा उहाँले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताउनुभएको छ । विश्वले पारस्परिक रूपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भन्नुभयो, ‘चीन आफ्नो सर्वाङ्गीण विकास गर्न अग्रसर रहेको छ तर अरूलाई प्रतिस्थापन गर्न चाहँदैन ।’

सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशका नेतासँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताउनुभयो ।
युरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रूपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गर्नुभयो ।यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार सङ्गठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताउनुभएको छ । जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनः आवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com