ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीज्यू, प्रतिगमनको सपना नदेख्नुस् : राष्ट्रिय सभा सदस्य श्रेष्ठ


एबीसी / संवाददाता

काठमाडौं, २१ असार ।  राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिनुभएको हो ।

उहाँले देश प्रतिगमन र अग्रगमनको द्वन्द्व सङ्घर्षबाट गुज्रिरहेको बताउनुभएको छ । आफूहरूले एक पटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भए पनि प्रतिगमन पूर्ण रूपमा सफल हुन नसकेका कारण प्रतिनिधि सभा दोस्रो पटक पनि विघटन भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिले पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरी छाड्ने छौँ ।’प्रतिगमन पनि आफ्नै योजनाअनुसार संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफूहरू राष्ट्रिय सभामा रहेको राष्ट्रिय सभा सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले राष्ट्रिय सभाको अधिवेशनलाई तत्काल अन्त्य गर्नेतर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्न सभाध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रिय सभामा छौँ । तत्काल अन्त्य गर्ने दिशातर्फ नसोचिओस् यसतर्फ ध्यान जाओस् । जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाका निम्ति सङ्घर्ष गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्नुपर्छ । सम्माननीय अध्यक्षज्यू, कुन पार्टीको पहिला हुनुहुन्थ्यो या कुन गुटको हुनुहुन्थ्यो भन्ने सोच्ने बेला छैन । यहाँ राष्ट्रिय सभाको अभिभावकको रूपमा हुनुहुन्छ, त्यसैले केपी ओलीलाई व्यक्तिगत रूपमा सहयोग गर्ने भूमिकाबाट मात्रै आफूलाई सोच्नु हुनेछैन । राष्ट्रिय सभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com