ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति गर्न अरू धेरै एजेन्डा छन्, राहत र पुनर्स्थापनामा सरकारले राजनीति गर्दैन– मन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौं, २० असार । गृह मन्त्री विष्णु पौडेलले विपदमा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताउनुभएको छ । आइतवार राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै गृह मन्त्री पौडेलले मनसुनजन्य विपदमा परेकाको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो ।

राजनीतिका लागि अन्य कैयौँ एजेन्डा भएको भन्दै उहाँले मानवीय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो । विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र पालिकाको सरकारबीच प्रभावकारी समन्वय भएको उहाँले बताउनुभयो । विपदमा परेकाहरूलाई राहत दिन चाहने व्यक्तिहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरी एकद्वार प्रणाली लागू गरिएको पनि मन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सङ्घीय सरकारको तर्फबाट गर्नुपर्ने प्रयास गरिरहेका छौँ र प्रादेशिक सरकार र पालिकासँगको समन्वयलाई पनि प्रभावकारी रूपले अगाडि बढाएका छौँ । राहतमा, पुनर्स्थापनामा राजनीति भयो कि भन्ने यहाँहरूले टिप्पणी गर्नुभएको छ । म स्पष्ट गर्न चाहन्छु सरकार मानवीय प्रश्नमा राजनीति गर्न चाहँदैन । राजनीति गर्नका लागि अरू धेरै एजेन्डा छन् । मानवीय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुनर्स्थापनाको प्रश्नमा, विपद् जोखिम न्यूनीकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन । बरु राहत, सहुलियतको नाममा विभिन्न ढङ्गले भएका सहयोग सङ्गठित गर्ने सेलिब्रेटी स्टाइलमा केही–केही ठाउँमा प्रकट हुने गरेका छन् । अब सरकारको तर्फबाट हुने राहतलाई, सहयोगलाई हामी केन्द्रिकृत र एकीकृत योजना अन्तर्गत वितरण गर्छौँ । स्वेच्छिक रूपमा सहभागी हुन चाहनेहरूलाई पनि वान डोर सिस्टमबाट जिल्लाको सीडीओ कार्यालयमार्फत् वितरण गर्ने प्रणाली विकसित गरेका छौँ । सरकार प्यासिभ होइन एक्टिभ छ ।’

गृह मन्त्री पौडेलले वर्षाका कारण पहिरो जान सक्ने र सडक बन्द हुन सक्ने सम्भावना भएका ठाउँको नजिकमा मानवीय तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले सडक सञ्चालन गर्न र मानिसको आवतजावतलाई सहज तुल्याउन सरकार केन्द्रित भएर लागेको बताउनुभयो । मन्त्री पौडेलले बाढी प्रभावितको पुनस्र्थापनाका निम्ति बजेटको अभाव नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जुन प्रकारको बाढीका कारणले, वर्षाका कारणले समस्या भएको छ, त्यसमा राहतको, पुनर्स्थापनाको, बाढी नियन्त्रणको प्रश्नमा बजेटको स्रोतको अभाव हुँदैन । हुन दिइँदैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । कुनै पनि ठाउँको समस्या व्यवस्थापनका निम्ति, समाधानका निम्ति कुनै पनि हिसाबले हामी समस्या हुन दिँदैनौँ ।’ राष्ट्रिय सभाको अर्को बैठक सोमवा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com