ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसबर्षको बाढी, पहिरोमा ३८ जनाको मृत्यु : ३१ जना वेपत्ता ,४७ जना घाईते


एबीसी / संवाददाता

काठमाडौं, १९ असार  । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।
गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराईरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् ।

सनिबार मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो “जेठ ३१ गते देखि सनिबार सम्म ३८ जनाको मृत्यु भएको छ । ३१ जना वेपत्ता हुनुहुन्छ । ४७ जना घाईते भएका छन् । आज मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु अहिलेसम्म हामीलाई रिपोर्टिङ्ग भएको छ । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । सामुदायिक भवन विद्यालयहरुमा पनि क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, पक्कि पुल १४ वटा ,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा क्षति पुगेको छ । विभिन्न सडक खण्डमा पहिरो गईरहेको छ । आज पनि धेरै स्थानमा सडक अवरुद्ध रहेका छन् । यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको छ । यसको प्रतिकार्यमा हामी जुटिरहेका छौ । ”
मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिरोका कारण दर्जनौ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ । हिजो (शुक्रबार)को अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्र्तगत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । आज(सनिबार) मध्यपहाडी लोकमार्गको खोटाङ्गको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सुचारु गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ्ग र बाजुरा जाने बाटो धेरै समय देखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ । ” उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com