ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकमार्गको काममा ढिलाइ : स्थानीयवासीले दिए चेतावनी (विज्ञप्तीसहित)


एबीसी / संवाददाता

बागलुङ,  १९ असार। । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड ट्र्याक खोलेको वर्षौँ बितिसक्दासमेत कालोपत्र नहुँदा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । यस खण्डमा पर्ने काठेखोला गाउँपालिका–४ का सडक प्रभावित क्षेत्रका स्थानीयवासीले एक विज्ञप्ति जारी गर्दै ठेकेदार कम्पनीले अबको चार दिनभित्र काम सञ्चालन नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं ठेकेदार कम्पनीले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

यस खण्ड सडक निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्शन प्रालिले जेठ मसान्तसम्म सडक कालोपत्र गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै पनि काम प्रगति नभएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । “पटक–पटक सम्बन्धित निकायका प्रमुख, सङ्घीय सांसद, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय आयोजनाका उपाध्यक्षलगायतले सर्वेक्षण गरेर स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझएर ठेकेदारसँग जेठ समान्तसम्म कालोपत्र गर्ने लिखित सम्झौता भएको थियो, तर असार मसान्तसम्म आइपुग्दा सडको स्तरोन्नति र कालोपत्रका लागि कुनै पनि प्रगति नुहुन बजेट विनियोजनका लागि वर्षात्को मौसममा जनतालाई भ्रममा राख्न गुणस्तरहीन निर्माण सामग्री ल्याएर देखावटी काम गरेको प्रष्ट छ”, विज्ञप्तिमा भनिएको छ । हिउँदको समयमा कुनै चासो नदिने वर्षात्को समयमा जनतालाई भ्रममा राख्ने यो देखावटी काम गर्नु घोर आपत्तिजनक रहेको स्थानीयवासी दिपेश कँडेलको भनाइ छ ।

स्थानीयवासीले विज्ञप्तिमार्फत यस सडकको कालोपत्र गर्नतर्फ सम्बन्धित निकायले ध्यान नदिएको तर्फ पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले भनेका छन्, “कति चुप लागेर बस्ने ?, यस बाटोको अभिभावकत्व लिने कसले हो ?, जवाफदेहिता हो हुने रु, सडकको दुर्दशाको कारण कुनै पनि बेला सवारी दुर्घटना हुने जोखिम छ । यसको जिम्मा कसले लिने रु, आखिर बाटो कहिलेसम्म कालोपत्र हुने हो ? कहिलेसम्म हामीले सास्ती र जोखिम उठाउनुपर्ने ?”, ठेक्काको म्याद थप्दै जेठ असारमा काम गरेजस्तो गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न उनीहरूको माग छ । बागलुङ बजारबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडक हाल जम्मा दुई किलोमिटर मात्रै कालोपत्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com