काठमाडौं, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गर्नुभएको छ । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गर्नुभएको हो।
उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उहाँले बताउनुभयो । ‘उहाँ (वामदेव गौतम)लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले वामदेव गौतमलाई आउने सधैं आउन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्