काठमाडौं, १८ असार । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रा हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन दिइएको छैन । वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ गएको लाजमर्दो अवस्था छ ।’
एमाले सिद्धियो भनेर स्याल हुइयाँ गरिए पनि नेपालको राजनीति एमालेवरिपरि नै घुम्ने ओलीको दाबी छ । ‘एमाले सिद्धियो भन्ने । तर, राजनीति एमाले वरिपरि घुम्छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका पछिल्ला फैसलाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।
हिजो (देउवा प्रधानमन्त्री हुँदा) आचारसंहिता लागू भइसकेपछि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो,’ ओलीले भन्नुभयो, ‘दलका सदस्यलाई कारबाही गर्न पाइँदैन भनियो । के हुँदै छ, बुझ्नुपर्छ ।’








प्रतिक्रिया दिनुहोस्