ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठक शुरु, बामदेव सहभागी, दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो बहिष्कार


एबीसी / संवाददाता
असार १८, २०७८ शुक्रबार  १२ : ३४ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी हुनुहुन्छ । बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन कुराकानी भएको थियो ।

टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रह नेपालले अस्विकार गर्नुभयो । एक दिनको परिभाषा नमिल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको तर्क नेपाल पक्षको छ ।

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन ।

वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’ माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने उल्लेख छ ।आवश्यक तहको सहमति तथा स्थायी कमिटी बैठकमा आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने नेपाल पक्षको लिखित निर्णयमा उल्लेख छ ।आवश्यक तहको सहमति भन्नाले केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्छ भन्न खोजिएको नेपाल पक्षका एक नेताले बताए ।

नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।त्यस्तै रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com