ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सीको चेतावनी : कसैको ‘दादागिरी’ स्वीकार्य छैन्


एबीसी / संवाददाता
असार १७, २०७८ बिहीबार  २ : ५९ बजे

काठमाडौं, १७ असार । चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै पनि मुलुकले आफूमाथि गर्ने अनावश्यक हेपाहा प्रवृत्तिको सामना गर्ने चेतावनी दिएका छन्। बेइजिङको केन्द्रस्थित थ्यानआनमन चोकमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै सीले चीनको थाइवान क्षेत्र लगायतमा बाह्य मुलुकबाट बारम्बार भइरहेको अवरोधप्रति संकेत गरे। पछिल्लो पटक चीनको थाइवानका लागि भन्दै हातहतियार, खोप लगायतका विषयमा अमेरिकाले चालेका कदमप्रति राष्ट्रपति सीको यो भनाइ लक्षित भएको हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

सम्बोधनका क्रममा सीले हङकङ, मकाउ तथा थाइवान विशेष प्रशासनिक क्षेत्रको सुरक्षा र कानुनी प्रणाली कार्यान्वयन गर्नुपर्ने बताए। थाइवानको एकीकरणको दायित्व चिनियाँ कम्युनिष्ट पार्टीमा रहेको सीले बताए। उनले भने, थाइवानको मुद्दालाई सुल्झाउनु र मातृभूमिको पूर्ण पुनर्मिलन गराउनु पार्टीको अतुलनीय ऐतिहासिक लक्ष्य र चिनियाँ जनताको साझा आकांक्षा हो। हामीले मातृभूमिको शान्तिपूर्ण पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउन एक चीन सिद्धान्तको सहमतिलाई पालना गर्नैपर्छ।

’चीनको कम्युनिष्ट पार्टीको स्थापना भएको १००औं वार्षिकोत्सवमा बोल्दै सीले पहिलो सय वर्षे लक्ष्य हासिल गरिसकेको बताउँदै समृद्ध समाज निर्माण लक्ष्य भेट्टाएको बताए। आधुनिक र शक्तिशाली समाजवादी देश निर्माण गर्ने दोस्रो शताब्दी लक्ष्यतिर केन्द्रित भएको उद्घोष गर्दै सीले सुधार र खुलापन नीति लागू गरिएयता अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्य प्रस्तुत गरे।यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको सुनाउँदै चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव समेत रहेका सीले पार्टीका पुराना पुस्ताको सम्झना गरे।

उनले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ च तोङ, तङ स्याउ फिङ, च्याङ च मिङ, र हू चिन थाउको नाम सम्बोधनका क्रममा लिए।महासचिव सी चिनफिङले मानव जातिको सबै फाइदाजनक अनुभव सिक्दै चिनियाँ जनताले अहंकारी आलोचनाको प्रतिवगाद गर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले र चिनियाँ जनताले आफैंले छानेको बाटोमा अघि बढ्नेछन्।’चीनले शान्तिपूर्ण विकासमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण, मानव भाग्य समुदायको निर्माण, बीआरआई उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिने पनि सीले बताए। उनले भने, ‘ चीन सधैँ नै विश्वशान्ति, विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक बन्नेछ। तर कसैसँग टकराव गरेर, खुलापनलाई बन्द गरेर शून्य-योगको खेल खेल्दैन र प्रभुत्ववादको विरोध गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com