ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीमा पानीको बहाव बढ्दो : ३२ जिल्लामा सतर्कता अपनाउन आग्रह


एबीसी / संवाददाता
असार १६, २०७८ बुधबार  १२ : ४९ बजे

काठमाडौं, १६असार।  नारायणीसहित केही नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । आज नारायणी, तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदी, त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी, मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै पश्चिम राप्ती, बबईमा सामान्य बढ्ने अनुमान छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भई बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

आज प्रदेश एकको इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ, प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा वाग्मतीका काठमाण्डौसहित धादिङ, मकवानपुर, चितवन, सिन्धुली र रसुवा, गण्डकीका गोरखा, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, कास्की र बाग्लुङ्ग आसपास जिल्ला भई स–साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com