ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला अस्पताल रोल्पालाई जेनेरेटर सहयोग


एबीसी / संवाददाता
असार ८, २०७८ मंगलबार  १ : १८ बजे


रोल्पा, ८ असार
जिल्ला अस्पताल रोल्पालाई रोल्पा नगरपालिकाले एउटा जेनेरेटर सहयोग छ ।

विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो । 

नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो । अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । “अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उहाँले भन्नुभयो, “जनशक्तिको समस्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ  ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भन्नुभयो, “विद्युत्को अभावमा शल्यक्रिया सेवा समेत रोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ”

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com