ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका किसान प्रविधिमैत्री बन्दै


एबीसी / संवाददाता
असार ८, २०७८ मंगलबार  १२ : ५४ बजे


बाँके, ८ असार :
कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ ।

यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले स्रोत संरक्षण आधुनिक कृषि प्रविधि र सिँचाइमा सहयोग गर्दै आएको बताउनुभयो । 

उहाँले कृषि उत्पादन अभिवृद्धिका लागि गुणस्तरीय बीउविजन, मलखाद्य र आवश्यक परामर्शसमेत प्रदान गरिरहेको उल्लेख गर्दै कृषि पेशाप्रति किसानलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने योजना पनि गाउँपालिकाको रहेको बताउनुभयो । खजुरा क्षेत्र व्यवसायिक तरकारी खेतीका लागि बाँके जिल्लामै प्रसिद्ध छ । यहाँ उत्पादन हुने तरकारी नेपालगञ्ज बजारमा पुग्ने गरेको खजुराका अगुवा किसान गेहेन्द्र धितालको भनाइ छ । उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याएको उहाँको भनाइ छ । 

गाउँपालिकाले सिँचाइ सुविधाका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत सोमबार मात्रै १८ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा सो मोटर प्रदान गरिएको हो । करिब रु. १७ हजार मूल्य पर्ने १ दशमलव ५ हर्ष पावरको सो मोटरले २ इन्च पानी फाल्ने बताइएको छ । किसानको माग अनुसार नै मोटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । 

त्यस्तै गाउँपालिकाको यो अभियानमा साझेदारी गर्दै खजुरास्थित जनता दुग्ध उत्पादक सहकारी सस्थाले सहकारीआवद्ध किसानलाई घाँस काट्ने मेसिन चाप कटर वितरण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तरर्गत सो सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका खजुराका ४० किसानलाई घाँस काट्ने मेसिन अनुदानमा वितरण गरिएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो । 

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com