ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका किसान प्रविधिमैत्री बन्दै


एबीसी / संवाददाता
असार ८, २०७८ मंगलबार   १२ : ५४   बजे


बाँके, ८ असार :
कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ ।

यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले स्रोत संरक्षण आधुनिक कृषि प्रविधि र सिँचाइमा सहयोग गर्दै आएको बताउनुभयो । 

उहाँले कृषि उत्पादन अभिवृद्धिका लागि गुणस्तरीय बीउविजन, मलखाद्य र आवश्यक परामर्शसमेत प्रदान गरिरहेको उल्लेख गर्दै कृषि पेशाप्रति किसानलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने योजना पनि गाउँपालिकाको रहेको बताउनुभयो । खजुरा क्षेत्र व्यवसायिक तरकारी खेतीका लागि बाँके जिल्लामै प्रसिद्ध छ । यहाँ उत्पादन हुने तरकारी नेपालगञ्ज बजारमा पुग्ने गरेको खजुराका अगुवा किसान गेहेन्द्र धितालको भनाइ छ । उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याएको उहाँको भनाइ छ । 

गाउँपालिकाले सिँचाइ सुविधाका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत सोमबार मात्रै १८ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा सो मोटर प्रदान गरिएको हो । करिब रु. १७ हजार मूल्य पर्ने १ दशमलव ५ हर्ष पावरको सो मोटरले २ इन्च पानी फाल्ने बताइएको छ । किसानको माग अनुसार नै मोटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । 

त्यस्तै गाउँपालिकाको यो अभियानमा साझेदारी गर्दै खजुरास्थित जनता दुग्ध उत्पादक सहकारी सस्थाले सहकारीआवद्ध किसानलाई घाँस काट्ने मेसिन चाप कटर वितरण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तरर्गत सो सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा पशुपालन गरि दुग्ध उत्पादन गर्दै आएका खजुराका ४० किसानलाई घाँस काट्ने मेसिन अनुदानमा वितरण गरिएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो । 

–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group