ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछाप सुनापतिमा स्वास्थ्य सुविधा विस्तारको पहल


एबीसी / संवाददाता


काठमाडौँ, ७ असार :
कारोना सङ्क्रमण रोकथाममा रामेछाप सुनापति गाउँपालिका —४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । दोस्रो चरणको कोरोना सङक्रमणसँगै सेन्टरका अध्यक्ष एवम धर्मगुरु विमानसिंह तामाङको अग्रसरतामा कोरियाका संस्थाको सहयोगमा २३ लाख ७६ हजारको सामग्री दिइएको हो ।
दश अक्सिजन कन्सनट्रेटर, दश ४० लिटर र २० थान दश लिटरको अक्सिजन सिलिण्डर गाउँपालिकामा सञ्चालित अस्पताललाई गाउँपालिका अध्यक्ष धावा लामा र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठलाई हालै उपलब्ध गराइएको सेन्टरका सचिव कमानसिंह तामाङले बताउनुभयो ।

स्वास्थ्य सामग्री खरिदमा दक्षिण कोरियाको टुगेदर वीथ द वल्र्ड, ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले सहयोग गरेका हुन् । विगतदेखिनै सहयोग दिँदै आएका जुन्तो भिलेज हस्पिटलले दश ४० लिटरको र २० वटा दश लिटरको अक्सिजन सिलिण्डर तथा ६ वटा अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनटे«टरसहितका औषधि र स्वास्थ्य सामग्री तथा टुगेदर वीथ द वल्र्डले अक्सिमिटर, स्यानिटाइजर, मास्कसहितका सामग्री दिएको छ । धर्मगुरु घेसे लोप्साङ दावाले एक लाख ३१ हजार सहयोग गर्नुभयो ।

वडा नम्बरका चारका एकहजार चार सय घरधुरीमा स्यानिटाइजर र मास्क वितरण गरिएको छ । पहिलो चरणमा खाना र जनचेतना तथा अहिले अक्सिजनको अभाव भएकोले सोही अनुरुपको सामग्री जुटाइको हो । पहिलो चरणको कोरोना कहरमा सेन्टरसहित आफ्नो पहलमा गाउँपालिकका पाँचै वडामा करिब एक करोड १६ लाखको चामलसहितका सामग्री वितरण गरिएको विमानसिंहले बताउनुभयो । त्यसमा ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले विशेष सहयोग गरेका थिए । 
धर्मगुरुले आफ्नै सक्रियतामा च्यारिटी मेडिकल सेन्टर खोलेर सेवा दिँदै आउनुभएको उक्त कार्यमा सङ्लग्न अमर लामाले बताउनुभयो । गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिने गरी कोरोना रोकथाम र उपचारमा काम गरिएको उहाँले सुनाउनुभयो । भारत बैग्लौरको सेराजे मोनस्टीक विश्वविद्यालयबाट दुई दशक बुद्ध धर्मसम्बन्धी अध्ययनपछि विमानसिंह प्रवचन र समाजसेवामा जुट्नुभयो । “ गाउँमा राम्रो उपचार नपाउँदा आमा बित्नुभो, अब अरुलाई बचाउँछु भन्ने त्यसैबेलाको अठोटले सहयोग जुटाएर आठ वर्षदेखि गाउँमै स्वास्थ्य केन्द्र शुरु गरयौ”, विमानसिंहले पुराना दिन सम्झनुभयो । 

गरिवलाई निःशुल्क, कतिपयलाई पचास प्रतिशत छुट र हुनेलाई शुल्क लिएर सेन्टरले औषधोपचार सेवा दिएको छ । नर्स अस्मिता थिङ उपचारका अलावा सहयोग व्यवस्थापनमा जुटनुहुन्छ । एम्बुलेन्ससेवासहित एक हेल्थ असिसटेन्ट र नर्स कार्यरत सेन्टरमा चिकित्सक राख्ने लक्ष्य छ । “ बिरामीको सहयोगमा जुट्दा सन्तुष्टि मिल्छ, कुनै दिन सेन्टरबाट हुने स्वास्थ्य सेवा पुरै निःशुल्क गर्ने अठोट छ”, विमानसिंह भन्नुहुन्छ ।  स्थानीय डहु मावि, कुशेश्वर मावि र कृष्णपुरी माविका विद्यार्थीसहित गाउँघरमा स्वास्थ्य शिविर र उपचारमा सेन्टरको सहयोग छ ।  

विगतमा एक्स रे प्रयोगशाला चलाएपनि त्यो पुरानो भयो । अहिले दक्षिण कोरियाको टुगेदर वीथ द वल्र्डले पहिलोचोटी सेन्टरलाई एकएक एक्सरे र अल्ट्रासाउण्ड मेसिन, अक्सिमिटर, मास्कजस्ता सामग्री दिएको छ ।
जुन्तो भिलेज हस्पिटलले पाँच वटा शय्या र ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनटे«टरसहितका औषधि र स्वास्थ्य सामग्री सेन्टरलाई दिएको छ ।
गोर्खा भूकम्पका बेला गाउँमा मुहान फुटेर पानी अभाव भयो । विमानसिंहले आफै गाडी चलाएर सुनापति ४ जुगेनीमा ५५ र वेथान सिरमटोलका ८६ घरधुरीमा पानी वितरणमा सहयोग गर्नुभएको अमर लामाले बताउनुभयो । “ बिरामीलाई काठमाडौँ लाँदा आफैले चलाएको एम्बुलेन्स पल्टियो, थला पर्नुभयो तर उहाँ थाक्नुभएको छैन, गाउँमै स्वास्थ्य सेवा सहज गर्ने उहाँको धोको छ”, लामा भन्नुहुन्छ । —( रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com