ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग ‘वार्ता र आमुन्नेसामुन्ने’ हुन तयार छौँ : उत्तर कोरियाली नेता किम जोङ


एबीसी / संवाददाता

काठमाडौं, ४ असार । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएको छ ।

किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो । बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो । सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठक यही हप्ता राजधानी प्योंगयांगमा सुरु भएको थियो ।

उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकाको सामना गर्नका लागि विशेष रुपमा तयार रहनुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।कोरियाली प्रायद्वीपमा कुनै किसिमको नियन्त्रण गर्ने कोसिस गरिए उत्तर कोरियाली कडा जवाफ दिने पनि उहाँले बताउनुभयो । केही दिन अघिमात्रै किम जोङ उनले देश खाद्यान्न सङ्कटको सामना गरिरहेको बताउनुभएको थियो ।अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन । अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाई ‘थग’ (बदमास) भनेर सम्बोधन गर्नुभएको थियो । र बाइडेनको शपथ ग्रहण समारोहको एक दिनअघि उत्तर कोरियाले शक्ति प्रदर्शनका लागि नयाँ मिसाइलसँगै सैन्य परेड निकालेको थियो । अप्रिल महिनामा बाइडेनले उत्तर कोरियालाई विश्वको सुरक्षाका लागि गम्भीर खतरा भएको संज्ञा दिनुभएको थियो । उत्तर कोरियाले यस विषयमा कडा आपत्ति जनाएको थियो र बाइडेन आफूप्रति शत्रुताको नीति अपनाइ राख्न चाहन्छन् भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com