काठमाडौं, ४ असार । नेपाल अहिले कोरोना महामारीको दोस्रो लहरसँग लड्दैछ । भारत पनि अहिले दोस्रो लहरको सामना गरिरहेको छ ।
नेपालमा अहिले कम हुँदै गइरहेको कोरोना संक्रमण भारतमा पनि कम हुँदैछ । त्यस कुरालाई ध्यानमा राखेर निषेधाज्ञा वा लकडाउनलाई फितलो पार्न थालिएको छ ।कतिपय ठाउँमा त कुनै पनि खालका प्रतिबन्धहरु नै लगाइएको छैन । खोपकरणसहित अन्य विभिन्न पक्षका कारण संक्रमण कम हुँदै गइरहेको बताइन्छ ।तर भारत, नेपालसहितका केही देशहरु तेस्रो लहरबारे सोचेरै डराउने अवस्था देखिन्छ । यो बीचमा भारतको दिल्ली उच्च अदालतले तेस्रो लहरबारे डरलाग्दो बयान दिएको छ ।
कोभिड प्रोटोकल उल्लङ्घन भएमा चाँडै तेस्रो लहर पनि आउँने उच्च अदालतको तर्क रहेको छ । अदालतको यस बयानले भारतभर डरको माहोल निर्माण भएको छ ।दिल्ली उच्च अदालतले लकडाउनपछि प्रतिबन्ध हटाएसँगै दिल्लीको बजारमा कोरोना नियम उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गरेको छ ।अदालतले कोभिड सम्बन्धि दिशानिर्देशनको उल्लङ्घनले संक्रमणको तेस्रो छाल निम्ताउने भन्दै चेतावनी दिएको हो । तेस्रो लहर निम्त्याउन कुनै पनि हालतमा अनुमति नभएको पनि भनिएको छ ।
उच्च अदालतले कोभिड प्रोटोकलको उल्लङ्घनका कारण तेस्रो छाल चाँडै आउने भन्दै सर्तक रहन सरकारका नाममा आदेश जारी गरेको छ ।दिल्ली उच्च अदालतले दिल्लीको बजारमा भीड र कोभिड प्रोटोकल अनुसरण गर्ने व्यक्तिहरूबारे स्व(संज्ञान लिएको थियो ।उच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई एक आदेश जारी गर्दै र रिपोर्ट मागेको छ । अदालतले कोरोनाको तेस्रो लहरलाई रोक्नको लागि कोभिड प्रोटोकललाई कडाईका साथ पालना गर्न आवश्यक भएको भनेको छ ।








प्रतिक्रिया दिनुहोस्