ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी अपडेट : १३ जना बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो


एबीसी / संवाददाता
असार ३, २०७८ बिहीबार  ६ : २३ बजे

काठमाडौँ, ३ असार । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उहाँले बताउनुभयो ।

यस्तै अहिलेसम्म ८० जनाको उद्धार भएको छ । घाइते भएका पाँच जनामध्ये दुई जना डिस्चार्ज भएका छन् भने तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले मेलम्ची नदीमा पानीको सतह घटेपछि केही राहत भएको छ । पानी पर्न कम भएपछि उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि आज नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री पुर्‍याएको थियो । बाढी र पहिरोपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो जाँदा नदी थुनिएको र पछि त्यो बाँध फुट्दा बाढी आएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिँदा ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् । बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com