काठमाडौं, २ असार । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।
विभिन्न जिल्लाबाट बुधबार साझ ८ बजे बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् ।
मेलम्ची बजारमा इन्द्रावती नदीले गरेको डुवान ।
मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।
कहाँ–कहाँ क्षति पुग्यो ?
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं। ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं। ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं। ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताउनुभयो । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।
बाढीपछि डुवानमा परेको मेलम्ची बजार ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका गर्नुभएको थियो । बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डुबानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।
प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिनुभएको थियो । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन ।
मनाङको चामे ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उहाँकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।हाल प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।
पाल्पा, बाजुरा र डोटीमा एकरएकजनाको मृत्यु
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ । जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् । पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।

खानेपानी मुख्य लाइनमा क्षति पु¥याएपछि मर्मत गरिँदै तनहुँ, २ असार ः सोमबारदेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिका१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वितरित खानेपानीको मेन लाइनको पाइपमा क्षति पुगेपछि मर्मत गर्दै संस्थाका प्राविधिकहरु । उक्त संस्थाले व्यास नगरपालिका१ र १२ का गरी दुई हजार ५०० घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ । 
ट्याक्टरबाट यात्रु तथा मोटरसाइकल ओसारियो तम्घास, २ असार ः मदन भण्डारी राजमार्ग अन्तरगत गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा लगातार परेको वर्षाबाट बुधबार बाढी आएपछि ट्याक्टरबाट मोटरसाइकल र यात्रु ओसारिदैँ । 
तम्घास, २ असार ः अस्थायी पुलबाट खोला तर्दै मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा बाँसले बनाएको अस्थायी पुलबाट खोला तर्दै स्थानीय । स्थायी पुल नबन्दा यहाँका स्थानीय समस्यामा परेका छन् । 
पहिरोले चन्द्र प्रभा माध्यमिक विद्यालय जोखिममा निरन्तरको वर्षापछि आएको पहिरोले सन्धिखर्क ७ डिहीडाडा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालय जोखिममा । 

जोखिमका बीच दाउरा सङ्कलन दमौली, २ असार ः तनहुँको व्यास नगरपालिका३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् । तस्वीर ः कृष्ण न्यौपाने, रासस जोखिमका बीच दाउरा सङ्कलन दमौली, २ असार ः तनहुँको व्यास नगरपालिका३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् । 
काठमाडौँ २ असार ः सिन्धुपाल्चोक मेलम्चीमा बुधबार आएको बाढी । 
सिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ९ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजार । 
सिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजार । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजारमा नेपाली सेनाको हेलिकप्टर आपतमा परेका नागरिकलाई उदार गर्दै । 
काठमाडौँ, २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेको छन् । 
काठमाडौँ, २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेको छन् । 
राजमार्ग खुलाउने प्रयास बलेवा, २ असार ः पहिरोले अवरुद्ध बागलुङपोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । 
राजमार्ग खुलाउने प्रयास बलेवा, २ असार ः पहिरोले अवरुद्ध बागलुङपोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । 
बाढीले पाक्कीमा पुल क्षति बलेवा, २ असार ः काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका १ मालढुंगामा रहेको पक्की पुल क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । 
पहिरोले दुई घर जोखिममा घर दमौली, २ असार ः निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका६ कालेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ । 
बेनी बजारमा कालीगण्डकीको कटान म्याग्दी, २ असार ः कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । 
बेनी बजारमा कालीगण्डकीको कटान म्याग्दी, २ असार ः कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । 
बाढीले पुरिएको मेलम्ची बजार साँखु, २ असार ः हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ । 
दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग बैतडी, २ असार ः सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । 
बाढी सरसफाइ दमौली, २ असार ः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका२ मार्कीचोकस्थित खहरे खोलामा आएको बाढी सरसफाइ गरिँदै । अनियन्त्रित खहरे खोलाका कारण त्यस ठाउँ जोखिममा पर्ने भएकाले आँबुखैरेनी गाउँपालिकाले बाढी नियन्त्रणका लागि सरसफाइ गरेको हो ।








प्रतिक्रिया दिनुहोस्