ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयले एसईई मूल्याङ्कन नतिजा असार २० भित्र बुझाउनुपर्ने


एबीसी / संवाददाता
जेष्ठ ३०, २०७८ आईतबार  १० : २७ बजे

काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको अध्यक्ष पौडेलले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष पौडेलका अनुसार नयाँ कार्यविधि सोमवार ९भोलि० सार्वजनिक गरिँदै छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोकेअनुसार रुजु गरी प्रमाणित गर्नुपर्छ । त्यो मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने अध्यक्ष पौडेलको भनाइ छ । यस्तै इकाइले विद्यालयले बुझाएको मूल्याङ्कन नतिजा रुजु एवम् प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्ने कार्यविधिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com