ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ लाखनजिक : पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार नौ सय ६३ जना नयाँ बिरामी थपिए


एबीसी / संवाददाता
जेष्ठ २९, २०७८ शनिबार  ७ : ३३ बजे

काठमाडौं, २९ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा ३८ लाखनजिक पुगेको छ ।

पछिल्लो केही समययता दैनिक १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । विश्वमा एकै दिन १० हजार सात सय १५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख ९९ हजार तीन सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख ८८ हजार नौ सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड ५९ लाख ९५ हजार दुई सय दुई पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ९८ लाख ८५ हजार तीन सय ७६ जना निको भएका छन् ।

एक करोड २३ लाख १० हजार पाँच सय १३ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार चार सय ८५ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन तीन सय ५८ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख १४ हजार चार सय १३ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार सात सय १२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ८७ हजार नौ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८३ लाख पाँच हजार तीन सय पाँच जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख ६८ हजार दुई सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये पाँच हजार दुई सय ४३ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन चार हजार सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार छ सय ९५ जना नयाँ बिरामी थपिए । नयाँ थपिएको सङ्क्रमित सङ्ख्या पनि अन्य मुलुकको भन्दा उच्च हो । सङ्क्रमित सङ्ख्या दुई करोड ९३ लाख ५८ हजार ३३ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख एक हजार छ सय ८८ जना निको भएर डिस्चार्ज हुँदै घर फर्किएका छन् । १० लाख ८९ हजार दुई सय ४८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार एक सय सङ्क्रमितको मृत्यु भयो । २४ घण्टाभित्रमा भारतपछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण चार लाख ८४ हजार दुई सय ३५ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन ब्राजिलमा ८० हजार नौ सय ५९ नयाँ सङ्क्रमित थपिए । यो सङ्ख्या पनि भारतपछिको धेरै हो । सङ्क्रमित सङ्ख्या एक करोड ७२ लाख ९६ हजार एक सय १८ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ५७ लाख १८ हजार पाँच सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

१० लाख ९३ हजार दुई सय ९० जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था नाजुक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

के आपत आइलाग्यो ? फेरि ओली झापा हिंडे ?

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com