ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति


एबीसी / संवाददाता

काठमाडौं, २८ जेठ ।  चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार ‘सैद्धान्तिक सहमति भएको हो । तर बिएण्डसीको पक्षमा नै निर्णय हुन्छ । किनभने शिक्षा ऐनले पनि बीएण्डसीले सम्बन्धन पाउन रोक्दैन ।’ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतको दावी छ । निजी मेडिकल कलेजको संगठनका अध्यक्ष बसरुद्धिन अन्सारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com