ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलाको राजस्व भन्दा व्यक्तिगत स्वार्थमा लिप्त नगर प्रमुख चौधरी


एबीसी / संवाददाता
जेष्ठ २७, २०७८ बिहीबार  ६ : ५१ बजे

रौतहट, २७ जेठ ।रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने बकैया खोलाबाट मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्ने गरेको पाइएको छ ।

अमानतमा राजस्व उठाउदै आएको नगरपालिकाले २ ओटा ठेक्केदार कम्पनीसँग मोटो रकम लिएर मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्न अनुमति दिएको नगरपालिका श्रोतले जनाएको छ ।श्रोतका अनुसार नगर प्रमुख सन्तलाल चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले आभा कन्सट्रक्सन तथा मुन्ना कन्स्ट्रक्सन नामक ठेक्केदार कम्पनीसँग मोटो रकम लिएर खोलामा स्काभेटर प्रयोग गर्न अनुमति दिएको बताएका छन् ।

स्काभेटर प्रयोग गर्न अनुमती पाएका दुई वटै ठेक्केदार कम्पनीले विकास निर्माणको कामका लागि नभएर खोला बन्द भएको समयमा बढी मूल्यमा गिट्टी बेच्ने उद्देश्यले नियम मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गरी भण्डारण गर्ने गरेको स्थानीयको भनाई रहेको छ ।

एक करोड पचाँस लाखमा ठेक्का लागेको उक्त खोलाको ठेक्का नगर प्रमुख चौधरी र प्रशासकीय अधिकृत जयसवालले विभिन्न जालझेल गरी रद्द गराएर आफु अनुकूल प्रयोग गर्ने गरेको स्थानीय बासिन्दा मनोज चौधरीले बताएका छन् ।

गत आर्थिक वर्षमा सोही खोला ठेक्का लगाएर एक करोड २५ लाख राजस्व उठाएका नगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख भन्दा बढी राजस्व उठ्न नसक्ने अनुमान खोलाको रसिद काट्दै आएका एक जना कर्मचारीले जानकारी दिएका छन् । यता खोलाको ठेक्का नलागे पनि आफूहरुले नगरपालिकाबाट स्काभेटर प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् तथा भण्डारणको लागि अनुमति लिएको आभा कन्स्ट्रक्सनका संचालक किशोर ठाकुरको भनाई रहेको छ ।

आभा कन्स्ट्रक्सनका संचालक ठाकुरले नगरपालिकाबाट अनुमति लिएको दाबी गरे पनि पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता गोविन्द चौधरीको ठाडो आदेशमा नगर प्रमुख चौधरीले खोलामा स्काभेटर प्रयोग गर्न अनुमति दिएको समाचार श्रोतले जनाएको छ । यस विषयमा नगर प्रमुख चौधरीले आफूलाई केही थाहा नभएको र आभा कन्स्ट्रक्सनको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।

यसै गरी गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत जयसवालसँग बुझ्दा आफूले खोलामा स्काभेटर प्रयोगका लागि अनुमति नदिएको बताए पनि बिगत २ साता देखि निर्वाद रुपमा ४ ओटा स्काभेटरले मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्दै आएको स्थानीय बासिन्दा विश्वनाथ चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

रहेनन् अर्थविद् केशव आचार्य

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com