ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर यस्तो विश्वरभरको संक्रमितको विवरण


एबीसी / संवाददाता
जेष्ठ २५, २०७८ मंगलबार  ७ : ४४ बजे

काठमाडौं,२५ जेठ ।  विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये ८६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमण पुष्टि भएपछि उपचाररत एक करोड २७ लाख २१ हजार आठ सय ५७ जनामध्ये ८६ हजार पाँच सय ९४ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको हो । गम्भीर अवस्थाका सङ्क्रमितको उपचार जारी छ ।

विश्वमा अवस्था गम्भीर रहेका सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि स्वास्थ्य अवस्था निक्कै खराब हुने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी हुन्थ्यो ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १५ करोड ७८ लाख ८४ हजार एक सय ६४ जना उपचारपछि निको भएर कोरोनामुक्त बनिसकेका छन् । हालसम्म विश्वभर १७ करोड ४३ लाख ५७ हजार चार सय २८ जनामा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख दुई हजार चार सय ५२ जना नयाँ बिरामी थपिए । कोरोनाको सङ्क्रमण देखिएकामध्ये हालसम्म ३७ लाख ५१ हजार चार सय सात जनाको मृत्यु भइसकेको छ ।

एकै दिन विश्वमा सात हजार चार सय ६७ जनाको मृत्यु भयो । विश्वमा नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

यसअघि दैनिक सातभन्दा बढी सङ्क्रमित विश्वमा थपिने गरेका थिए । एक दिनमा १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पाँच हजार दुई सय ४३ जनाको अवस्था गम्भीर छ । ५४ लाख ३७ हजार पाँच सय ९७ जनाको उपचार भइरहेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ८१ लाख ७४ हजार ९९ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एकै दिन नौ हजार सात सय ६६ जनामा कोरोना पुष्टि भयो ।

सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख २४ हजार तीन सय १९ पुगेको छ । सङ्क्रमितमध्ये छ लाख १२ हजार छ सय २३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४० अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भयो ।

छिमेकी मुलुक भारतमा आठ हजार नौ सय ४४ सङ्क्रमितको अवस्था गम्भीर छ । १३ लाख आठ हजार आठ सय छ जनाको उपचार भइरहेको छ ।

दुई करोड ७३ लाख ३६ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ८७ हजार तीन सय ४५ जना नयाँ बिरामी भारतमा थपिए ।

सङ्क्रमित सङ्ख्या दुई करोड ८९ लाख ९६ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमितमध्ये तीन लाख ५१ हजार तीन सय ४४ जनाको मृत्यु भइसक्यो ।

एकै दिन दुई हजार एक सय १५ सङ्क्रमितको मृत्यु भयो । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ११ लाख एक हजार चार सय तीन जनाको उपचार जारी छ ।

एक करोड ५४ लाख आठ हजार चार सय एक जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । एकै दिन ३७ हजार एक सय ५६ जना नयाँ बिरामी ब्राजिलमा थपिए ।

सङ्क्रमित सङ्ख्या एक करोड ६९ लाख ८४ हजार दुई सय १८ पुगेको छ । सङ्क्रमण देखिएकामध्ये चार लाख ७४ हजार चार सय १४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा नौ सय १९ जनाको मृत्यु कोरोनाका कारण भयो । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com