ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्न चिकित्सक संघको अनुरोध


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  ३ : १८ बजे

काठमाडौं जेठ २३ गते
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश तत्कल जारी गर्न अनुरोध गरेको छ।

संघले यस अघि २०७८ जेठ १६ गते आइतबार सरकारलाई सात दिनको अल्टिमेटम दिएको थियो।

सो अल्टिमेटमको समयाबधि आज सांझ सम्म रहेको छ।

सरकारले मन्त्रीपरिषद्बाट स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

महामारीको बीचमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको आवश्यकतालाई बोध गरेर तत्काल यो अध्यादेश जारी हुनेमा संघ अधैर्य भएर प्रतिक्षा गरिरहेको महासचिव डा बद्रि रिजालले बताए।

‘सरकारलाई दिएको साता लामो अल्टिमेटम सकिएको अवस्थामा अध्यादेशको प्रतिक्षा गर्नु वाञ्छनीय देखिएकोले अध्यादेशपछि थप धारणा सार्वजनिक गर्ने जानकारी गराउँछौं,’ उनले भने।

एक वर्षभन्दा लामो समयदेखि जारी कोरोना महामारीको कठीन परिस्थितिमा घरपरिवारबाट टाढै रहेर, ज्यान जोखिममा राखेर सेवा प्रवाह गरिरहँदा केही अराजक व्यक्ति वा समुहबाट हुने गतिविधिले कतिपय अवस्थामा स्वास्थ्यकर्मीको मनोवल कमजोर पारिरहेको डा। रिजाल बताउँछन्।

‘महामारीमा सेवा सुनिश्चितताका लागि सरकारी र आम नागरिक स्तरबाट पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा एवं मनोवल बृद्धिमा महत्वपूर्ण भूमीका अपेक्षित छ,’ डा। रिजालले भने, ‘ एकातिर सरकारले महामारीको बीचमा अध्यादेशमार्फत् सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि कम्तिमा १० प्रतिशत विनियोजन हुन नसक्नु आफैमा दुर्भाग्यपूर्ण छ।’

चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथिको आक्रमणको घटना रोकिएका छैनन्।अघिल्ला सातामा विराटनगर, नेपालगञ्जमा चिकित्सक तथा स्वाथ्यकर्मीमाथिका आक्रमणका घटना पछि नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानून तत्काल जारी गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com