ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमण बढेको समयमा पनि पाल्पाका युवाको रोजाइ कृषि


एबीसी / संवाददाता



काठमाडौँ, २१ जेठ
कोरोनाको सङ्क्रमण बढेको समयमा पनि पाल्पामा युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत कम हुने हुँदा खेतबारी तथा गोठमा युवा बढी व्यस्त देखिएका छन् । घरआँगन, खेतबारी, गोठमा काम गर्दा सुरक्षित पनि भइने र आम्दानी लिन सकिने कृषक बताउँछन् ।

निस्दीमा च्याउ फार्म सञ्चालन गर्नुभएका शेरबहादुर सोतीले फार्ममा गरिने कामले आफूलाई सुरक्षित बनाएको र उत्पादनबाट आम्दानी लिनसमेत सहज भएको बताउनुभयो । करीब सात हजार गोला च्याउ खेती गरेकामा यस वर्ष उहाँले ६० क्विन्टल च्याउ उत्पादन गर्नुभयो । प्रतिकिलो करीब रु १५० सम्ममा बिक्री भएको सोतीको भनाइ छ ।

धर्तिमाता कृषि फार्म सञ्चालन गर्नुभएका सोतीले अन्य दुई युवासँग मिलेर सामूहिक रुपमा जैविक च्याउ फार्ममा समेत जोडिनुभएको छ । लुम्बिनी प्रदेश सरकारको अनुदान र आफूहरुको गरी करीब रु २८ लाख लगानीमा सञ्चालन गरेको फार्मबाट राम्रो आम्दानी लिँदै आएको उहाँले सुनाउनुभयो । 

पाल्पामा विदेशबाट फर्केका युवाले जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली, माथागढी, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाका विभिन्न भागमा च्याउ खेती गर्दै आएका छन् । निस्दी गेझाका पूर्णबहादुर पचभैंया २०६९ सालदेखि कृषिमा लागेर केही वर्ष गोलभेँडा, काउली, बन्दालगायत तरकारी खेती गरे पनि पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउ खेती गरेको बताउनुहुन्छ । उहाँ पनि करीब  १० हजार गोलासम्म तयार गरेर उत्पादन लिँदै आउनुभएको छ । उहाँका अनुसार अन्य खेतीभन्दा च्याउ खेती गर्न सहज हुने भएका कारण पनि यसतर्फ लागेको सुनाउनुहुन्छ ।

पाल्पामा उत्पादित च्याउ, कास्की, रुपन्देही, स्याङ्जा, चितवन लगायतका जिल्ला पुग्ने गर्दछ । च्याउखेतीसँगै, गाईभैँसी, कुखुरा, बङ्गुरपालनमा पनि युवाको आकर्षण छ । रामपुर नगरपालिका–८ मा विगत केही वर्षदेखि भैँसी पाल्दै आउनुभएका नरनारायण अर्यालले पनि बजारको विकास हुँदै गएको रामपुरमा दूधबाट पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । 

करीब रु दुई करोड ५० लाख लागतमा नागिन एग्रो एन्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका अर्यालले ६३ भैँसी पाल्नुभएको छ । दैनिक २०० लिटर दूध बिक्री गर्ने अर्यालको गोठमा अहिले २४ लैनो भैँसी छन् । आफ्नै डेरीसमेत सञ्चालन गर्नुभएका उहाँको गोठ तथा डेरीबाट दूध बिक्री हुन्छ । भैँसीका लागि चार रोपनी जग्गा खरीद गरेर घाँससमेत रोप्नुभएको छ ।

कृषि उत्पादन र यसपटक जिल्लामा भएको निषेधाज्ञाको समयमा पनि कृषि उपज बिक्रीका लागि सहज भएकाले पनि कृषकलाई सजिलो भएको बताइन्छ । रामपुरमै हाम्रो आधुनिक कृषि फार्म खोलेर व्यवसाय गर्दै आउनुभएका दिलबहादुर थापाले पछिल्लो समय झन् धेरै आम्दानी दिन सफल भएको बताउनुभयो । उहाँले यस वर्ष एक महिनामा मात्रै काँक्रो, घिराँैला, करेला तथा बोडी बिक्रीबाट रु एक लाख ५० हजारसम्म आम्दानी दिन सफल भएको सुनाउनुभयो । 

दुई दाजुभाइ लालबहादुर र दिलबहादुरले पुष्प व्यवसायसँगै तरकारी खेती गर्दै आउनुभएको छ । निषेधाज्ञाको समय भए पनि बिक्रीका लागिसमेत समस्या नभई स्थानीय रामपुर बजारमै तरकारी बिक्री गरेको उहाँ बताउनुहुन्छ ।

बगनासकाली गाउँपालिकामा युवाले मौरीपालन रोजेका छन् । मिहिनेत कम लाग्ने र महबाट आम्दानीसमेत हुने भएपछि सङ्घीय सरकारको रु १२ लाख तथा कृषकको रु १२ लाख लगानीमा घ्युसीबास मिश्रित कृषक समूह गठन गरेर युवा मौरीपालनमा लागेको गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश बोहोरा बताउनुहुन्छ । वडा नं २, ३, ५, ८ र ९ का कृषकले मौरीको गोला, मह, मौरीको घारसमेत बिक्री गर्दै आएका छन् ।

विदेशबाट फर्केका युवा आफ्नै गाउँमा बसेर पनि राम्रो उत्पादन लिन सकिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना कृषि व्यावसायिक उत्पादन केन्द्र पकेट कार्यक्रमअन्तर्गत कृषि कार्य गर्न थालेका हुन् । कम लगानीमै राम्रो आम्दानी लिन सकिने र गाउँघरमै बसेर पनि मनग्य आम्दानी हुने भएपछि कृषि आफ्नो रोजाइ रहेको कृषक बताउँछन् ।(रासस

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com