ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक आयो


एबीसी / संवाददाता


चितवन, २१ जेठ
यहाँका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् ।

जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका छन् । उहाँका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९१८ थान पुस्तक आइसकेका छन् । उहाँले भन्नुभयो, “कक्षा ६ मा तीन विषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ, ती पुस्तक पनि यही जेठ २३ गते आइतबारसम्म आइपुग्ने छन् ।” 

पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको उहाँले बताउनुभयो । तीन विषयका ७५ हजार किताब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलब्ध गराउँदै आएको छ । 

ती जिल्लाका ३४  व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको बिष्टले बताउनुभयो । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएमा किताबको अभाव नहुने उहाँको भनाइ छ ।

केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले वितरण नगर्ने उहाँले जानकारी दिनुभयो । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४९४ का पुस्तक आइसकेका छन् । 

जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल सङ्ख्या एक लाख ५० हजारभन्दा बढी रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ हजार ३३९ विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पु¥याउने छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ ।  केन्द्रले आइसकेका पुस्तक यही जेठ २४ गतेदेखि वितरणको प्रक्रिया शुरु गर्ने जनाएको छ ।  

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com