ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय


एबीसी / संवाददाता
जेष्ठ १९, २०७८ बुधबार  ४ : २३ बजे



१९ जेठ – तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।
ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मङ्गलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो ।
साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको छ भन्नुभयो । उहाँले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि “क्षितिजमा कालो बादल” अझै देखिएको बताउनुभयो ।
ओपेकले मे देखि जुलाईका तीन महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रति दिन तीन लाख ५० हजार ब्यारेल तथा जुलाईमा चार लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ । साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।
ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ । हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ ।
तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन् ।
अहिले विश्व बजारमा तेलको मूल्यमा निधै सुधार आएको छ र मङ्गलबार मात्र दुई वर्ष यताकै सबैभन्दा बढी मूल्य कायम भएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ । हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाई छ ।
मङ्गलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत बृद्धि भई ६७.७२ डलर प्रति ब्यारेल पुगेको थियो । ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो । ब्रेन्ट क्रुडको मूल्य विगत दुई वर्षको अवधिमा यो सबैभन्दा बढी हो । अमेरिकी कच्चा तेलको मूल्य तीन वर्षयताकै सबैभन्दा बढी हो ।
बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ ।
तेलको मूल्यमा यस वर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ ।(एपी)
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com