ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाको थप नयाँ भेरिएन्ट पुष्टि, ‘सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण’


एबीसी / संवाददाता

काठमाडौं, ४  जेठ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को थप नयाँ भेरिएन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयकाअनुसार गएको हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मङ्गलवार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

‘विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com