ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सङ्क्रमण घट्न सकेन,केही हप्ता अझै चुनौतिपूर्ण रहने


एबीसी / संवाददाता

काठमाडौं, ३ जेठ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो ।

उहाँले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गर्नु भयो । उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाउनुभयो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्नु भएको छ । उहाँले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो ।

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उहाँले जारी गर्नु भएको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ । आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com