ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा नेपालमा धेरै


एबीसी / संवाददाता

काठमाडौं, २ जेठ  ।  कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ । थप एक सय ४५ सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चीनमा ज्यान गुमाएकाको भन्दा धेरै हो । कोरोनाको तथ्याङ्कसम्बन्धी विवरण अद्यावधिक गर्दै आएको वर्ल्डोमटिरका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म चार हजार आठ सय ४६ जनाको ज्यान गएको हो ।प्रति एक लाखमा मृत्यु दर हेर्दा पनि चीनमा शून्य दशमलव तीन को ज्यान गएको छ भने नेपालमा प्रति एक लाखमा १४ दशमलव नौ को ज्यान गएको छ, यो अहिले एसियामै सर्वाधिकमा पर्छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै नेपालमा सङ्क्रमित थपिने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीव्र भइरहेको छ । विशेषगरी घना बस्ती भएका सहर, बजार कोरोना सङ्क्रमणको हटस्पट बनेका छन् । जहाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण २०२० को जनवरीदेखि विभिन्न देशमा फैलिन थालेको थियो ।नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिँदा चीनमा भने नियन्त्रणतर्फ गइरहेको छ ।चीनमा सङ्क्रमणको अनुगमनदेखि कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई तीव्रता दिइँदा नेपाल भने त्यसमा चुकेको विज्ञहरु बताउँछन् । चीनमा सङ्क्रमण रोक्न कडा प्रतिबन्धदेखि रातारात कोभिडकै लागि अस्पताल बनाइएको थियो । नेपालमा भने आर्थिक अवस्थालाई भन्दा व्यवस्थापकीय कमजोरीका कारण सङ्क्रमण नियन्त्रणमा कठिनाइ भएको विज्ञले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com