ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी भ्याक्सिन एस्ट्राजेनेका नेपाल लैजान प्रयास भैरहेको छ : राजदुत खतिवडा


एबीसी / संवाददाता
जेष्ठ २, २०७८ आईतबार  १० : ३२ बजे

काठमाडौं, २ जेठ । अमेरिकाका लागि नेपाली राजदुत डा. यूवराज खतिवडाले ३० देखि ५० लाख थान एस्ट्राजेनेका भ्याक्सिन नेपाल लैजानका लागि अमेरिकी सरकारसँग छलफल भैरहेको बताउनुभएको छ । नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताउनुभएको हो । त्यसका लागि अमेरिकाको राजनीतिक तहसँग लबिङ गरिदिन नेपाली समुदायका अगुवासँग आग्रह गर्दै कोरोनाले पारेको असरको सन्दर्भमा डा.खतिवडाले अमेरिकी सरकारसम्म कुरा पर्‍याउन सबैले आफ्नो आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताउनुभयो । दुतावासबाट टेक्सासको डालासमा आयोजित शिविर सन्चालन गर्न टेक्सास पुगेका राजदुतले गैरआवासिय नेपालीको पक्षमा निकै काम भईरहेको समेत बताउनुभयो । एनआरएन विधेयक ऐन बन्ने क्रममा रहेको र त्यो आएपछि एनआरएन कार्ड, दोहोरो नागरिकता, आर्थिक सामाजीक, सांस्कृतिक अधिकार सहितको नेपालको नागरिक हुने प्रावधान रहेको जानकारी दिदै एनआरएनबाट लामो समयदेखि उठाउँदै आएका विषयहरु विधेयकले समेटेको डा. खतिवडाले बताउनुभयो । नेपालीहरुको घनत्व बढी भएको अमेरिकाका बिभिन्न शहरहरुमा कन्सुलेट राख्ने विषयमा सकारात्मक भएपनि अहिले कार्यान्वयन गर्ने नसक्ने भएकोले अस्थायी घुम्ती शिविरको मार्फतबाट भएपनि सेवा दिन नेपाल सरकार तयार रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com