ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर र बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, २ जेठ । विराटनगर र बाँके जिल्लामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ९ बाँकेमा ८ जनाको मृत्यु भएको हो ।  विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा शनिबार रातिदेखि आइतबार बिहानसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड(१९ उपचार केन्द्र विराटनगर–१ की ३४ वर्षीया महिला, विराटनगर–१४ का ६८ वर्षीय पुरुष, सुनवर्षी–३ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिनुभयो । यस्तै, विराटनगर महानगर–४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैंचा–९ की ६० वर्षीया महिला, सिरहाको सिरहा नगरपालिका–६ का ६२ वर्षीय पुरुष र सिरहा–७ का ६९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । यस्तै, इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाहीको लालबन्दी–१ की ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा.सुनील देव जानकारी दिनुभयो ।

यसैवीच बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोनाबाट दुई सय ३५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा एक सय ८३ जनाको मृत्यु भइसकेको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका ३/३ जना र रोल्पा र कैलालीका एक/एकजना रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका-१९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।भेरी अस्पतालमै कोहलपुर नगरपालिका-१५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राप्तिसोनारी गाउँपालिका २ बाँकेकी ५२ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

जेठ १ गते एन्टिजेन परीक्षण गरिएको उनलाई त्यही दिन कोहलपुरमा भर्ना गरीएको थियो । बर्दिया मधुवन नगरपालिका–९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका–१ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । यसैगरी बर्दिया बढैयाताल गाउँपालिका–२ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

यस्तै, कैलाली गौरीगंगा गाउँपालिका–४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com