ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमजोर हुन थाल्यो भारतमा कोरोना: २४ घण्टामा तीन लाख ६२ हजार ७ सय २७ नयाँ संक्रमित थपिए


एबीसी / संवाददाता

काठमाडौं, ३१ बैशाख ।   त्यसो त कोरोनाको दोस्रो लहरले भारतमा हाहाकार मच्चाउने क्रम अझै जारी छ ।यसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ ।यद्यपि, अहिले सार्वजनिक भैरहेका नयाँ तथ्यांकमा महाराष्ट्रमा कोरोना भाइरसको दोस्रो लहरमा बिस्तारै गिरावट आएको पाइएको छ ।पछिल्लो पाँच दिनमा यो राज्यमा ५० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।भारतमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या पुन: बढेर साढे तीन लाखभन्दा बढी भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा कोरानाका तीन लाख ६२ हजार ७ सय २७ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार १ सय ३६ जनाको निधन भएको छ ।महाराष्ट्र, कर्नाटक, यूपी, दिल्लीसहित विभिन्न राज्यको अवस्था भयावह नै छ ।यद्यपि, पहिलाको तुलनामा दिल्ली, महाराष्ट्रसहित भारतभरी नै कोरोनाको दोस्रो लहर अहिले कम हुन थालको अनुभव गरिएको छ ।

यसैबीच, भारतमा खोपबारेमा पनि एउटा सुखद समाचार छ । भारतको स्वास्थ्य मन्त्रालयले के भनेको छ भने रुसको खोप स्पुतनिक आगामी सातादेखि बजारमा उपलब्ध हुनेछ ।साथै, चाँडै नै यसको भारतमा समेत उत्पादन थालिने छ ।यसैबीच, राजधानी नयाँ दिल्लीमा कोरोनाको संक्रमण दर कम भएर १४ दशमलव २४ प्रतिशत भएको छ, जुन पछिल्लो महिनाकै सबैभन्दा कम हो ।महाराष्ट्रबाट आएको कोरोनाको पछिल्लो तथ्यांकले पनि त्यहाँ दोस्रो लहरमा बिस्तारै गिरावट आएको पाइएको छ ।पछिल्ला पाँच दिनमा उक्त राज्यमा ५० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।मुम्बईमा पनि कोरोनाका संक्रमितहरुको संख्या घटिरहेको पाइएको छ ।बिहिबार मुम्बईमा १९ सय ४६ जना संक्रमित थपिँदा २ हजार ३७ जना संक्रमणमुक्त भए ।दिल्ली, महाराष्ट्रसहित भारतका अन्य राज्यमा पनि दोस्रो लहर कमजोर हुन थालेको बताइन्छ ।उत्तर प्रदेशमा पनि स्थितिमा सुधार आएको बताइन्छ ।मुख्यमन्त्री योगीले हरेक दिन एक हजार मेट्रिक टन अक्सिजनको आपूर्ति गरिरहेका छन् भने यो प्रदेशमा ३ सय ७७ नयाँ अक्सिजन प्लान्ट लगाउन थालिएको छ ।यसैबीच, भारतमा कोरोना संक्रमणमुक्त हुने दर पनि बढेर ८३ दशमलव २६ पुगेको छ । एकातिर भारतमा कोरोनाबाट ठिक हुनेहरुको संख्या बढिरहेको छ भने अर्कोतिर विभिन्न ९ राज्यमा कोराना संक्रमितको संख्या घट्न थालेको बताइन्छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय १६ वटा जिल्लामा कोरोना संक्रमित लगातार बढिरहे पनि १ सय ८७ वटा जिल्लामा भने पछिल्लो दुई साता यता संक्रमितहरु घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com