काठमाडौं, ३० बैशाख । बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको समय घर्किएसँगै ठूलो दलको हैसियतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको तयारी भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्रीको नियुक्ति पत्र राष्ट्रपति कार्यालयमा तयारी भइरहेको छ । ‘केहीबेरमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिको खबर आउँछ,’ तर , ‘सपथ ग्रहण चाहिँ भोलि हुन्छ ।’ संविधानको धारा ७६९२० अनुसार बहुमतीय सरकारका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैले पनि दाबी नगरेपछि संसदमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको नियुक्ति हुने भएको हो ।








प्रतिक्रिया दिनुहोस्