काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिनुभएको छ । प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुगेका ठाकुर र महतोले आफ्ना मागबारे छलफल गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँहरू आउनुभएको थियो । उहाँहरूका जुन मागहरू छन् त्यसै सन्दर्भमा कुराकानी भयो । उहाँहरूले प्रधानमन्त्रीलाई बधाई दिनभुयो, प्रधानमन्त्रीले धन्यवाद दिनुभयो, नेम्वाङले भन्नुभयो, मागहरूबारेमा थप छफलल गर्दै अगाडि बढ्ने कुरा भयो ।
प्रधानमन्त्रीले बहुमतको सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने इच्छा देखिएको छ । प्रधानमन्त्रीले जारी प्रक्रियालाई पर्खिइराख्नुभएको छ । अब ९ बजेपछि अर्को प्रक्रिया सुरु हुन्छ, नेम्वाङेले भन्नुभयो संविधानको धारा ७६ उपधारा २ तिर जाइँदैन । ९ बजेपछि सायद ९ :५, ९ : ७ तिर अहिलेको अर्को प्रक्रिया घोषणा हुन्छ होला । नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री ओलीले जसपा नेताहरूसँग आग्रह नगरेको बताउनुभयो । सत्ता समीकरणबारे जसपाका नेताहरूसँग कुरा भएको छैन, उहाँले भन्नुभयो । राष्ट्रपतिले दिएको तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिन लाग्नु भएको हो ।








प्रतिक्रिया दिनुहोस्