ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास उधोग सूरक्षासर्त पालना नगरी सञ्चालनमा


admin
पुस १०, २०७४ सोमबार   १ : ४९   बजे

बनेपा, १० पुस । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ ।

“ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाही जस्तो देखिएको छ त्यसैले उद्योग सञ्चालकलाई बोलाएर छलफल गर्छौं,” प्रजिअ सिङ्खडाले भन्नुभयो । उहाँले ‘अटोमेटिक फायर फाइरिङ सिस्टम’ नभएको, पानी पनि कम भएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको आँैल्याउँदै अव्यवस्थितरुपमा ग्यास उद्योग सञ्चालन भएको बताउनुभयो ।

“कामदार पनि उद्योगमा बस्दैनन्, केही भइहाल्यो भने कहाँ खोज्न जाने,” उहाँले भन्नुभयो ।

सगरमाथा ग्यास उद्योगका सावर मल्ल अग्रवालले उद्योग मापदण्डअनुसार नै भएको दाबी गर्दै भन्नुभयो, “हामीले उद्योग सञ्चालनमा ल्याउँदा यहाँ कोही थिएन, अन्य उद्योग पछि थपिएका हुन् ।” विसं २०५३ मा स्थापना भएको सो उद्योगले दुई हजार ५०० देखि तीन हजारसम्म ग्यास सिलिण्डर उत्पादन गर्दै आएको छ । सो ग्यास उद्योग नजिकै सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग सञ्चालनमा छन् ।

बनेपाका व्यवसायी सुधीर पलाञ्चोके, विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेको सूर्य ग्यास उद्योग र पलाञ्चोकेलगायत अरुले साझेदारीमा सञ्चालनमा ल्याएको चण्डेश्वरी ग्यास उद्योगमा आपत्कालीन समय र आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने पानी ट्याङ्की र उपकरण ‘अटोमेटिक फायर फायरिङ सिस्टम’ समेत नभएको उद्योगमा कार्यरत कर्मचारीले बताए ।

विसं २०५८ मा उद्योग विभागमा दर्ता भएको सूर्य ग्यास उद्योगले २०६५ असारदेखि सूर्य ब्राण्डको ग्यास वितरण गर्दै आएको छ भने २०६५ सालमा उद्योग विभागमा दर्ता भएको चण्डेश्वरी ग्यास उद्योगले २०६८ सालदेखि चण्डी ब्राण्डको ग्यास वितरण गर्दै आएको छ । सूर्य ग्यास उद्योगले दैनिक एक हजारदेखि एक हजार २०० सिलिण्डर र चण्डी ग्यासले ८०० देखि एक हजार सिलिण्डर बजारमा बिक्री वितरण गर्दै आएको छ । यी तीनवटा उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा रहेका छन् ।

त्यस्तै, बनेपा नगरपालिका–१ नालामा उग्रचण्डी ग्यास उद्योग स्थापना भएको छ । सो उद्योग सञ्चालनमा आएपछि विवाद हुँदै आए पनि उद्योगले ग्यास बिक्री वितरण गर्दै आएको छ । उक्त उद्योग बस्ती नजिकै भएको भन्दै स्थानीयवासीले हटाउनका लागि संघर्ष समिति नै गठन गरेर सर्वोच्च अदालतलाई नै गुहारेका थिए । अहिले सो ग्यास उद्योगसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको संघर्ष समितिका अध्यक्ष विश्वराम श्रेष्ठ बताउनुहुन्छ ।

नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) मा गाउँ बस्तीभन्दा पाँच किमी र अरु उद्योग रहेको स्थानबाट पाँच किमी हुनुपर्ने उल्लेख छ । तर काभ्रेपलाञ्चोकको बनेपामा स्थापना भएका तीनवटा ग्यास उद्योग केही मिटरको वरिपरि नै सञ्चालन भइरहेका छन् । पछि थप भएको ग्यास उद्योग पनि करिब एक किमीको आसपासमा रहेको छ ।

“बस्ती नजिकै छ भनेर विरोध गरेका हौँ, तर पछिल्लो समय कसैले पनि यो विषयमा बोलेका छैनन्,” बनेपा–१ का मुक्ति लामिछाने भन्नुभयो । बनेपामा रहेको अर्को हिमाल ग्यास उद्योगसहित पाँच उद्योग छन् । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा दुईजनाको ज्यान जाने गरी भएको आगलागी भएपछि स्थानीयवासी त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group