ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह :  दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिदै


एबीसी / संवाददाता

काठमाडौं,२६ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह बन्दै गइरहेको छ ।  दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एक दिनमा चार हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा चार लाख नौ हजार तीन सय नयाँ बिरामी थपिए । अघिल्लो दिनको तुलनामा भारतमा आठ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन् ।
अघिल्लो दिन चार लाख एक हजार दुई सय ७१ जना नयाँ बिरामी थपिएका थिए । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड २२ लाख ९५ हजार नौ सय ११ पुगेको छ । एकै दिन भारतमा चार हजार एक सय ३३ जनाको मृत्यु भयो । अघिल्लो दिन चार हजार एक सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

हालसम्म भारतमा कोरोनाका कारण दुई लाख ४२ हजार तीन सय ९८ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको भारत अहिले सङ्क्रमणको भयावह अवस्थासँग जुधिरहेको छ । यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ ।

नेपालमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहनुमा भारतबाट अवैध रुपमा हुने आवतजावतलाई मुख्य कारण मानिएको छ । भारतमा हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ८३ लाख ११ हजार चार सय ९८ जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । भारतमा ३७ लाख ४२ हजार १५ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com