ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाल–खनाल’ पक्षका सांसदले राजीनामा दिंदै


एबीसी / संवाददाता
बैशाख २६, २०७८ आईतबार  ६ : ३८ बजे

काठमाडौं,२६ बैशाख ।  नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले गम्भीर कदम चाल्ने तयारी गरेको छ। ‘नेपाल–खनाल’ निकट एक सांसदका अनुसार चाल्न लागिएको कदम सामूहिक राजीनामा हो।राजीनामा दिने भनिएका सांसदहरूको सङ्ख्या २१ छ। ‘२१ जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने टुङ्गो लागेको छ, एकजना सांसदको राजीनामाबारे टुङ्गो लाग्न बाँकी छ’, ती सांसदले भन्नुभयो ‘फ्लोर क्रस गरे ओलीले कारबाही गर्छन् नै, त्यसअघि नै सामूहिक राजीनामा दिने भन्ने भएको छ।’ ‘नेपाल–खनाल’ पक्षले समानुपातिक सांसदहरूलाई भने राजीनामा दिन नलगाउने भएको छ।

राजीनामा दिन लगाए समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेकाहरूलाई मनोनित गर्न सकिने प्रावधान भएकोले समानुपातिक सांसदहरूलाई राजीनामा दिन नलगाउने भएको ती सांसदले जनाउनुभयो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने तयारी गर्नूभएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन डाक्नुभएको छ । अधिवेशन सुरु हुनुभन्दा ठीक पहिले सामूहिक राजीनामा दिने भन्ने आन्तरिक छलफलमा कुरा भएको ती जानकारी दिनुभयो । ‘राजीनामा हाम्रो पहिलो विकल्प हो, त्यही विकल्पअनुसार हामीले २६ गतेको अबेर वा २७ गते संसद् अधिवेशन अगाडि राजीनामा दिने कुरा भएको छ’, ती सांसदले भन्नुभयो, ‘उसै त हामीलाई यसअघि कारबाहीको लागि स्पष्टीकरण सोधिएको छ।’

‘नेपाल–खनाल’ पक्षका २१ जना सांसदले सामूहिक राजीनामा दिए ओलीको संसदमा बहुमत गुम्ने छ। सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने स्थिति आउने छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले सहयोग गरेपनि ओली नेतृत्वको सत्ता ढल्ने छ।

यो कदमले विपक्षी ‘कांग्रेस–माओवादी–जसपाको संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा’ सहितको गठबन्धनलाई फाइदा पुग्ने देखिन्छ। हाल संसदमा ४ जना सांसद पदमुक्त भएका छन्। उनीहरू माओवादी केन्द्रका हुन्। कांग्रेस र जसपाका समान २–२ जना सांसद निलम्बनमा परेका छन्। त्यसो भएकोले संसदमा २६७ जना सांसद छन्। सरकार गठनका लागि बहुमत १३४ आवश्यक हुन्छ।यदि ‘नेपाल–खनाल’ पक्षका २१ जना सांसदले राजीनामा दिए एमालेको १०० सांसद रहने छन्। जसपाको २० सांसदले ओलीलाई साथ दिए पनि बहुमत नपुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com