ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महन्थलाई छोडेर महतो पनि भट्टराई-यादव प्यानलमा, ओलीलाई विश्वासको मत नदिने


एबीसी / संवाददाता
बैशाख २४, २०७८ शुक्रबार  ६ : २० बजे

काठमाडौं, २४ बैशाख । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र एक्लिएनु भएको छ । २२ जनाभन्दा बढि सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएपछि ठाकुर संकटमा पर्नुभएको छ ।

पछिल्लो समय ठाकुरलाई राजेन्द्र महतोले साथ दिँदै आउनुभएको छ । तर, पहिलेको सहमतिअनुसार महतोले संसदीय दलको नेतामा दाबी गरेको तर ठाकुरले दिन नमानेपछि यी दुई नेताबीच विवाद चर्किएको हो । महतोकै कारण ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सघाउनेगरि थालेको सांसदहरुको हस्ताक्षर अभियानसमेत प्रभावित बनेको छ । उता, प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा विश्वासको मत दिन नहुने पक्षको नेतृत्व गरेका अर्का अध्यक्ष उपेन्द्र यादव भने अब पार्टीको बैठक राखेर एउटा निर्णयमा पुग्ने तयारीमा गर्नुभएको छ।

यसको लागि उहाँले नेता महतोसँग पछिल्लो समय लगातार छलफल गर्नुभएको छ । पार्टीले अब विश्वासको मत दिने वा नदिनेबारे एकमतले निर्णय गर्ने दोस्रो तहका नेताहरुको दाबी छ । अब छिट्टै पार्टी संसदीय दल र कार्यकारिणी समितिको बैठक बस्छ । अनि एउटा निर्णय गर्छ ।’जसपानिकट उच्च स्रोतकाअनुसार यादव र महतोबीचको पछिल्लो भेटवार्तामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सहमति भएको छ । बरु, यसको लागि महतोलाई दलको नेता बनाउन यादवले सघाउने पनि वचन दिएको एक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com