ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा निषेधाज्ञा थप एक साता लम्ब्याइने : मोडालिटी उस्तै तर आवश्यक परिमार्जन र कडाइ गरिने


एबीसी / संवाददाता
बैशाख २१, २०७८ मंगलबार  ६ : ५० बजे

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ।यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। निषेधाज्ञा थप एक साता लम्ब्याउने र थप कडाइसाथ कसरी जाने विषय छलफलबाट गरिने भएको हो । आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ। त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।  निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको पराजुलीले बताउनुभयो।

कोरोना संक्रमणको अवस्थालाई हेर्दा निषेधाज्ञा थप कडा पार्नुपर्ने देखिएको उहाँ बताउनुहुन्छ । निषेधाज्ञा कडाइ गरिए पनि उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ। निषेधाज्ञाको निरन्तरतासँगै प्रशासन र स्थानीय निकायको समन्वयमा अस्पताल विस्तार, क्षमता वृद्धिमा काम गरिरहेका छन्।

प्रजिअ पराजुलीका अनुसार सामाखुसीको राधास्वामी भवनमा दुई सय बेडको आइसोलेसन बनिरहेको छ। सय बेडको जनमैत्री अस्पताललाई विस्तार गरी तीन सय बेड पुर्‍याउने गृहकार्य भइरहेको छ। यस्तै, कीर्तिपुरको आयुर्वेद अस्पतालमा तत्कालै २५ बेड थप्ने र क्रमशस् ५० बेड थप्नका लागि साधनस्रोतको व्यवस्थापन गरिने छ। यसैगरी, वीर अस्पतालको नयाँ भवनमा ५ सय बेडको अस्पताल स्थापना गर्न काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले गृहकार्य गरिरहेको पराजुलीले बताए। सतुंगलमा ३ सय बेडको आइसोलेसन बनाउने, गोर्खा अस्पतालमा बेड बढाउने, नेशनल मेडिकल कलेजको कालिकास्थानस्थित भवनमा अस्पताल बनाउनेबारे पनि महानगर र स्वास्थ्य मन्त्रालयले काम गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

तेहरानमा बिजुली कटौती: इजरायलको नयाँ हवाई हमलाले राजधानीलाई अँध्यारोमा डुबायो

सम्बन्धित

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

तेहरानमा बिजुली कटौती: इजरायलको नयाँ हवाई हमलाले राजधानीलाई अँध्यारोमा डुबायो

एयर क्यानडा दुर्घटना: विमानको ‘नाक’ नै उछिट्टियो, दुई पाइलटको मृत्यु

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com