ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमितको उपचारको लागि प्रदेश १ का तीन ठूला अस्पताल गरे यस्तो घोषणा


एबीसी / संवाददाता

काठमाडौं, २० बैशाख । झापा र मोरङमा रहेका प्रदेश १ का तीन ठुला शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचार गर्न सरकारलाई हस्पिटल उपलब्ध गराउने घोषणा गरेका छन् । यस्तो प्रकोपका समयमा अस्पतालसहित आवश्यक उपकरण र जनशक्ति राज्यलाई उपलब्ध गराउन घोषण गरेको हुन् ।

झापाको बिएण्डसी, विराटनगरको नोबेल र बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालले कोरोनाको संक्रमण दिनहुँ बढिरहेकाले बिरामीको उचित उपचारका लागि आफ्नो अस्पताल, सम्पूर्ण संरचना र जनशक्तिसहित सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन् । निजी अस्पतालहरुले कोरोनाको आशंका गरिएका बिरामीको चेकजाँच गर्न नमानेको खबर आइरहेको बेला प्रदेश १ का यी तीन ठूला अस्पताल सञ्चालकले आफ्नो अस्पताललाई कोरोना संक्रमितको उपचार केन्द्र बनाउने घोषणा गरेका हुन् । आजै प्रधानमन्त्री केपी ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने बताएका बेला उनीहरुले यस्तो घोषणा गरेका हुन् । हाल तीनै वटा शिक्षण अस्पतालले अहिले छुट्टै कोभिड अस्पताल सञ्चालन गरि बिरामीको उपचारमा जुटिरहेका छन् ।

घोषणा गर्नेमा झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले रहनु भएको छ । विश्वव्यापी रुपमा कोरोना कोभिड–१९ भाइरसको महामारी फैलिरहेका बेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने आफू तयार रहेको बताउनुभएको हो । महामारीको संकटको समयमा भएको सबै स्रोत साधन सरकारलाई दिएर सघाउन आफू तयार रहेको बताउँदै प्रसाईले भन्नुभयो राज्यलाई परको बेला म सघाउन तयार छु। त्यसका लागि सरकारपनि तयार रहनु पर्छ। मुलुक बाहिर ४० प्रतिशत भन्दा धेरै चिकित्सक,नर्स रहेकाले अहिलेको अवस्थालाई समाना गर्न उनीहरुलाई नेपाल फर्काएर काम गर्ने वातावरण सरकारले तयार गर्नु पर्ने प्रसाईले बताउनुभयो । ‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्यान्टिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन्’, प्रसाईंले भन्नुभयो , ‘हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।’उहाँले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था भने सरकारले नै गर्नुपर्ने उहाँको सर्त छ । सरकारलाई आवश्यकता परेको वेला सुदूर पूर्वबाट अस्पताल, सम्पूर्ण संरचना र जनशक्ति सरकारलाई दिन संचालकको आफु तयार रहेको प्रसाईंले बताउनुभयो ।

संचालक प्रसाईका अनुसार बिएण्डसीको ८ सय नर्मल बेड, १ सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू रहेको छ । हस्पिटलमा १०५ जना डाक्टर छन् । प्रसाईंले हस्पिटलको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० बेडको क्वारेन्टाइन बनाउन सकिने पनि दावी गर्नुभयो । विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीको उपचार केन्द्र बनाउन सरकारलाई दिने घोषणा सञ्चालक डा सुनिल शर्माले पनि गर्नुभएको छ । नोबेलले अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिने बताउनुभयो । नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन् । डा शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा भगवान कोइरालालाई पत्रसमेत पठाएको समेत बताउनुभयो । नोबेलमा शैय्या थप गरी १ हजार शैय्यासम्म सञ्चालन गर्न सकिने छ। बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालपनि महामारीको संकटको अवधिका लागि स्रोत साधनसहित र जनशक्तिसहितको अस्पताल सरकारलाई दिन तयार रहेको संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले बताउनुभएको छ । उहाँले अस्पताल सरकारलाई जिम्मा लगाउन तयार भएपनि सरकारले जिम्मा लिएपछिको सम्पूर्ण खर्च भने ब्यर्होनु पर्ने बताउनुभयो । अहिले शिक्षण अस्पतालमा ५० बेडको भेन्टिलेटर र सोही संख्यामा आइसीयुसहितको ५ सय बेडको अस्पताल रहेको बताए । अस्पतालमा २ सय बढी चिकित्सक र ६ सय बढी नर्स कार्यरत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com