ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य: पोखरेललाई आजै शपथ गराउने


एबीसी / संवाददाता
बैशाख १९, २०७८ आईतबार  १२ : ०४ बजे

काठमाडौं, १९ बैशाख ।  लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसंगै अब नया“ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो । जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसंगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भइरहेको छ । प्रदेश प्रमुखले आजै नया“ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको बुझिएको छ ।

यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ । आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै आज विहान पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गर्नुभएको हो । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहा“विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव आज दिउ“सो १ बजे प्रदेशसभामा छलफल हुने कार्यसूचि थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com