ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा तीन जिल्लामा ९ जना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
बैशाख १८, २०७८ शनिबार  ९ : ४३ बजे

काठमाडौं, १८ बैशाख ।  कैलाली कञ्चनपुर र बुटवलमा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । कैलालीमा ३ जना कञ्चनपुरमा ४ र बुटवलमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । कैलालीमा जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको हो ।

यस्तै जिल्लाको लम्की चुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार बिहान १ बजे मृत्यु भएको हो । शनिबार बिहानै कैलाली गोदावरी नगरपालिका १ का २८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । यता कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ भने एक जना होम आइसोलेसनमा थप एक जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइसोलेसन मृत्यु भएको र दोधारा चाँदनीका १ जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताउनुभयो । यसैवीच बुटवल कोरोना बिशेष अस्पताल बुटवलमा आजबिहानै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही सुछोधन ५ का ५५ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने सुद्धोधनका पुरुषको गत १३ गते कोरोना संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com