काठमाडौँ, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई जनाले विरोध गर्दैमा मा पार्टी एकता नरोकिने बताएका छन्।
शनिबार माओवादी केन्द्र रुपन्देहीले भैरहवामा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शीर्ष नेताकाबीच एकतामा समस्या नरहेको बताए।

उनले आफूहरु एकताप्रति इमान्दार रहेको भन्दै एकता विरोधीहरु एकता प्रक्रियामा छुट्ने बताए। उनले एकता पार्टी हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्न र एकताका लागि नेतृत्वलाई बल दिन नेता कार्यकर्ताहरुलाई अनुरोधसमेत गरेका छन्। अध्यक्ष प्रचण्डले समानुपातिक सांसदबारे पार्टीले औपचारिक निर्णय गरिनसकेको जानकारी दिए।
एक फरक प्रसंगमा पत्रपत्रिका आए जस्तो समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन उनले भने, ‘तपाईहरु त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।’







प्रतिक्रिया दिनुहोस्