ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न


एबीसी / संवाददाता
बैशाख १३, २०७८ सोमबार  ८ : २९ बजे

काठमाडौं, १३ बैशाख । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै लिमिटेडले जुमको माध्यमबाट साधारण सभा अनलाइन रुपमा सञ्चालन गरेको जनाएको हो ।

सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै अहिले बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भइ रहेको बताउनु भयो । उहाँले आउँदो दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिइएको बताउनु भयो ।

अहिले कुल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमा क्षेत्रको कुल गार्थस्थ्य उत्पादनमा योगदान ३।४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भएर व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनु भयो ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बीमा व्यवसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँनयाँ क्षेत्र पहिल्याएर आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आउँदो बर्षमा अझै नवीनतम सेवाहरुसहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने भएको छ । साथै कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३ औं साधारण सभाबाट पारित भएको छ ।

पूँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर खुलेपछि कम्पनीको चुक्ता पूँजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com