ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भयावह बन्दै कोरोना : पछिल्लो २४ घण्टाभित्र तीन लाख ५४ हजार पाँच सय ३१ जना नयाँ सङ्क्रमित,२८०६ को मृत्यु


एबीसी / संवाददाता
बैशाख १३, २०७८ सोमबार  ६ : २९ बजे

काठमाडौं, १३ बैशाख । छिमेकी मुलुक भारतमा केही दिनयता दैनिक साढे तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिने गरेका छन् ।

भारतमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि हुने सङ्ख्या अन्य मुलुकको भन्दा अत्याधिक हो । दैनिक ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या पनि धेरै छ । भारतमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दा खुला सीमा रहेको नेपाल सबैभन्दा बढी उच्च जोखिममा परेको छ । जथाभावी अवैध रुपमा हुने निर्वाध आवतजावतका कारण नेपाल कोरोनाको उच्च जोखिममा रहेको हो । कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा रहँदा भारतमा कामका लागि पुगेका नेपालीहरु धमाधम आफ्नो मुलुक फर्कन थालेका छन् । बिना चेकजाँच अवैध बाटोको प्रयोग गर्दै निर्वाध रुपमा भइरहेको आवतजावत रोक्न स्थानीय प्रशासनले सकिरहेको छैन । तोकिएकै नाकाबाट नेपाल फर्कनेहरुमा पनि धमाधम कोरोना पुष्टि भइरहेको छ ।

नाकाबाट फर्कने क्रममा कोरोना पुष्टि हुँदा त्यही अनुसारको सावधानी अपनाउने गरिएको छ । तर अवैध बाटो हुँदै भइरहेको आवतजावतका कारण समस्या जटिल बन्ने अवस्था छ । नेपालमा पछिल्लो केही दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ । यसको मुख्य कारण तीव्र रुपमा कोरोना फैलिइरहेको भारतसँगको खुला सीमा र त्यहाँबाट हुने निर्वाध आवागमन रहेको बताइएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५४ हजार पाँच सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख छ हजार तीन सय पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४२ लाख ९६ हजार छ सय ४० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२८ लाख १४ हजार पाँच सय ४४ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा दैनिक मृत्यु हुनेको कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ । एकै दिन दुई हजार आठ सय छ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ९५ हजार एक सय १६ पुगेको छ ।

दैनिक कोरोना सङ्क्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा बृद्धि भइरहँदा भारतमा महासङ्कट निम्तिन थालेको छ । सङ्क्रमितले सहज रुपमा उपचार पाउन सकिरहेका छैनन् । अस्पतालहरुमा सङ्क्रमितले सहज रुपमा उपचार पाउन सक्ने अवस्था छैन । मृत्यु भएकाहरुको दाहसंस्कारका लागि दाहसंस्कार स्थलको पनि अभाव हुन थालेको छ ।

विशेष गरेर भारतमा अक्सिजनको पनि अभाव हुन थालेको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य संस्थामा अक्सिजन पाउन छाडिएको छ । बिना अक्सिजन सङ्क्रमितको उपचार सम्भव नभइरहेका बेला कोरोना सङ्क्रमित दैनिक बढ्दो अवस्थामा रहेको भारत यतिबेला ठूलो सङ्कट झेलिरहेको छ । सङ्ख्यात्मक हिसाबमा हालसम्म भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने सङ्क्रमण केही हदसम्म मत्थर भएको छ । पछिल्लो २४ घण्टामा ३४ हजार दुई सय ८८ जना मात्रै नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २८ लाख २३ हजार नौ सय ४१ पुगेको छ । दुई करोड ५३ लाख ७८ हजार नौ सय ८६ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ५८ हजार आठ सय सात जनाको उपचार जारी रहेकोमा नौ हजार नौ सय ३८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार एक सय ४८ पुगेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै तेस्रो नम्बरमा रहेको ब्राजिलमा पनि केही दिनयता सङ्क्रमण कम हुँदै गइरहेको छ । दैनिक भेटिन सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको हो । केही दिनअघिसम्म ब्राजिलमा दैनिक सङ्क्रमण बढ्दो अवस्थामा थियो । पछिल्लो २४ घण्टाभित्र ३२ हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भयो ।

सङ्क्रमित सङ्ख्या एक करोड ४३ लाख ४० हजार सात सय ८७ पुगेको छ । एक करोड २८ लाख नौ हजार एक सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ११ लाख ४० हजार आठ सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन एक हजार एक सय ८८ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या ब्राजिलमा तीन लाख ९० हजार सात सय ९७ पुगेको छ ।

विश्वमा एकै दिन सात लाख १० हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित सङ्ख्या १४ करोड ७७ लाख ६३ हजार सात सय ३० पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड ५७ लाख १४ हजार २९ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८९ लाख २७ हजार नौ सय ३२ जना उपचाररत रहेकोमा एक लाख १० हजार चार सय ९४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा नौ हजार दुई सय ७० जनाको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या ३१ लाख २१ हजार सात सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com