ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा एकैदिन झण्डै दुई लाख जनाले कोरोनालाई जिते


एबीसी / संवाददाता
बैशाख ११, २०७८ शनिबार  ७ : ४१ बजे

काठमाडौं, ११ बैशाख । भारतमा पहिलो पटक एकैदिनमा झण्डै दुई लाख जनाले कोरोनालाई जितेका छन्।भारतमा सङ्क्रमणको नयाँ रेकर्ड बन्दै गरेका बेला निको हुनेको सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ । यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।
भारतमा गएको २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई हजार ६ सय २१ जनाको गएको २४ घण्टामा ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ ।

पछिल्लो समय भारतमा कोरोना महामारी दिनदिनै बढिरहेको छ भने ज्यान गुमाउनेहरु पनि बढिरहेका छन् । कोरोनाका गम्भीर बिरामी बढेसँगै दिल्ली, महाराष्ट्रलगायत राज्यका अस्पताल भरिभराउ हुन थालेका छन् । बिरामीले शैया पाउन लामो समयसम्म पर्खनु पर्ने अवस्था छ । यस्तै, बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । यस्तै, जोखिम बढेपछि आन्ध्र प्रदेशमा आजदेखि रात्रिकालीन कर्फ्यु लागु हुने भएको छ । आन्ध्र प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com