ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो


एबीसी / संवाददाता
बैशाख ८, २०७८ बुधबार  ४ : ४४ बजे

संयुक्त राष्ट्रसंघ
८ वैशाख (संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ । सो प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको समाचारमा जनाइएको छ ।

यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्राय दिनहूजसो हुने गरेको बताइन्छ । उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ ।

ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन् । त्यस्तै तिनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२० का पहिला केही महिनाहरुमा यहाँ पुग्ने बालबालिकाको संख्या ३८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ ।
मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौँको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । यहिले यसरी ती देशहरुबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्कहरु पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ ।

हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिकहरु यस अघि पनि रहने गरेकामा अहिले कोभिड १९को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको समाचारमा जनाइएको छ ।सिन्ह्वा)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com