ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका ५ खतरनाक लक्षण, जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छः विज्ञ


एबीसी / संवाददाता
बैशाख ८, २०७८ बुधबार  ११ : ५३ बजे

काठमाडौं, ८ बैशाख । भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। यस अवधिमा १ हजार ७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ। छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाबाट हुने संक्रमण र मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ।

विज्ञका अनुसार अहिले कोरोना संक्रमणका नयाँ–नयाँ लक्षण पनि देखापरिरहेका छन्। यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका हृदयरोग विशेषज्ञ डाक्टर एस।सी। तिवारीले कोरोना संक्रमणका खतरनाक ५ लक्षणबारे बताएका छन्। भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उपयोगी हुन सक्ने भएकाले यहाँ प्रस्तुत गरिएको होस्

१. सास लिन गाह्रो स् सास लिन गाह्रो हुनु कोरोना संक्रमणको प्रमुख र खतरनाक लक्षण हो। यदि तपाईं कोरोना संक्रमित हुनुहुन्छ भने ध्यान पुर्याउनुस्, किनकि सास लिन गाह्रो भयो भने ज्यानै जाने जोखिम पनि आउन सक्छ। यसकारण यस्तो लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ।

२ . अक्सिजनको मात्रा कम हुनु स् कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्रामा निकै नराम्रो प्रभाव पार्छ। हाल धेरैजसो संक्रमितमा अक्सिनको स्तर कम देखिएको छ, जसले गदाृ उनीहरू अस्पताल भर्ना हुन बाध्य भइरहेका छन्। यीमध्ये कतिपयको मृत्युसमेत भइरहेको छ। यसकारण सतर्क हुन जरुरी छ।

३. छातीको दुखाइ स् छातीमा कुनै पनि किसिमका दुखाइलाई बेवास्ता गर्नु हुँदैन। यो पनि कोरोनाका खतरनाक लक्षणमध्ये एक हो। तपाईंमा यस्तो लक्षण देखिएको छ भने तुरुन्त अस्पताल जानुस्।

४.  सजिलो काम पनि कठिन लाग्नु स् कोरोना संक्रमणले मस्तिष्कको काम गर्ने क्षमता र स्नायु प्रणालीमा पनि असर पार्छ। धेरै संक्रमितमा भ्रम, बेचैनी र बेहोसीजस्ता लक्षण पनि देखिएका छन्। विशेषज्ञका अनुसार यदि तपाईंलाई कोरोना संक्रमण छ र सजिलो काम गर्न पनि कठिनाइ महसुस भइरहेको छ भने अथवा बोल्न गाह्रो भइरहेको छ भने तुरुन्त अस्पताल जानुपर्छ।

५. ओंठ नीलो देखिनु स् कोरोना संक्रमित व्यक्तिको छाला वा ओंठ नीलो देखियो भने सामान्यतया यो रगतमा अक्सिजनको मात्रा कम भएको संकेत हो। यस्तो लक्षण देखियो भने सतर्क हुन जरुरी छ र तुरुन्त अस्पताल जानुपर्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com