ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  १० : १८ बजे

काठमाडौँ, ६ बैशाख ।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताउनुभएको छ । अर्थ मन्त्रालय आज आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताउनुभयो ।

उहाँले तराई मधेशमा विखण्डनको नारा लगाउने सिके राउतलाई सरकारको पहलमा नै मूलधारमा ल्याइएको र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहसमेत शान्तिपूर्ण गतिविधिमा आएकाले शान्ति सुरक्षाका सम्बन्धमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उहाँले पूँजी र प्रविधि भित्र्याउने दूतको रुपमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्रीले गैरआवासीय नेपालीले नेपालको भौतिक पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रका लगानी गर्ने ध्येयका साथ  १० अर्ब पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडको औपचारिक शुभारम्भ गर्नुभयो । सो फण्डमा सरकारको पाँच प्रतिशत लगानी रहनेछ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी उपेन्द्र महतो अध्यक्ष हुनुहुन्छ ।

यस्तै अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक सदस्यको रुपमा चयन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा कुमार लम्साल, जीवा लामिछाने, डा बद्री केसी, सोनाम लामा, महेश श्रेष्ठ, गौरी जोशी रहेका छन् । शनिबार मात्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पूर्वबैंकर अनलराज भट्टराईलाई चयन गरिएको थियो ।

हाल कम्पनीले दर्ता प्रक्रिया अगाडि बढाएको र संस्थापकबाट रकम जुटाउने काम गरिरहेको छ । एनआरएनएका अनुसार हालसम्म करिब रु तीन अर्ब बराबरको रकम जम्मा भइसकेको छ । सो कम्पनीमा १०० बढी संस्थापक सदस्य रहनेछन् । कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले सरकारले लगानीका लागि सबै प्रकारको सहजीकरण गरेको र केही टुङ्गो लगाउनुपर्ने विषय भए त्यसलाई सम्बोधन गरिने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गैरआवासीय नेपालीको अभियानलाई आआफ्नो स्थानबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । कम्पनीको काम कारवाहीका बारेमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त, कम्पनीका अध्यक्ष महत्तो र प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी गराउनुभएको थियो । सो कम्पनीले गैरआवासीय नेपालीका लागि प्राथमिक शेयर बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १० डलरका दरमा शेयर बिक्री गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com