ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  ५ : २८ बजे

मस्को, ६ बैशाख  – रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।
सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।
यसैबीच प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष–आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ ।
चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर मिशकिन र अनातोली चेपिगोभ रहेको जनाएका छन् । स्क्रिपाल आक्रमण पश्चात् सार्वजनिक गरेको बिस्फोट स्थल र तस्वीरका भिडियो फुटेजमा आधारित रहेर चेक सञ्चार माध्यमले यस्तो घोषणा गरेका हुन् ।
तर रसियाले आइतबार उक्त दाबी कपोलकल्पित रहेको जनाएको छ । चेक गणतन्त्रको उक्त दाबी र कारबाही लगत्तै रसियाले मस्कोस्थित चेक गणतन्त्रको राजदूतावासमा कार्यरत २० जना कर्मचारी कुटनीतिज्ञलाई सोमबारसम्म देश छाड्न आदेश दिएको छ ।
पछिल्ला दिनहरुमा रसिया र पश्चिमी मुलुकहरुबीच कैयौं विषयलाई लिएर मतान्तर चुलिएको छ । खासगरी युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिक परिचालन बढाइएको, अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको तथा अन्य आक्रामक कारबाहीहरु गरेको पश्चिमी मुलुकहरुको आरोप छ ।(एएफपी)
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com